दफा ४०
रुग्ण उद्योग सम्बन्धी संस्थागत व्यवस्था
(१) यस परिच्छेद बमोजिम रुग्ण उद्योगको पहिचान, वर्गीकरण र पुनरुत्थान, पुनर्निर्माण तथा व्यवस्थापनका लागि सुझाव दिन नेपाल सरकारले सम्बन्धित क्षेत्रका विशेषज्ञहरु समेत रहेको एक उच्चस्तरीय निकाय गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित निकायको संरचना, काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।